काम गर्ने सिलसिलामा बोल्न नजानेको भए त्यो मेरो नियत थिएन : मन्त्री आले

फाइल तस्वीर

काठमाडौं।आफ्नो कार्यकालमा विवादास्पद अभिव्यक्तिका कारण चर्चा र विवादमा आएका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेले आफ्नो बोलीले कसैलाई ठेस पुगेको भए त्यो नियत नभएको प्रष्टिकरण दिएका छन्।

 

 

सरकारबाट बाहिरिँदै गर्दा आइतबार बेलुका सिंहदरबारमा आयोजना गरेको पत्रकार सम्मेलनमा आलेले नियतबस कसैसँग नराम्रो नबोलेको बताए।

 

 

आलेलाई मन्त्रालयका कर्मचारीलाई थर्काएको तथा अपशव्द बोलेर मानमर्दन गरेको आरोप लागेको थियो।

 

 

पत्रकार सम्मेलनमा आलेले सिधै माफी नमागे पनि खराव बोल्ने नियत थियो भनेर नठानिदिनुहोला भनेका थिए।

 

 

 

उनले पत्रकार सम्मेलनमा ‘म जनजातिको छोरा,स्पष्टबक्ता, देश र जनतालाई प्राथमिकता दिई सधै काममा लागिरहेँ, मेरो दुई वटा बोली कहिल्यै भएन।

 

 

काम गर्दै जाने सिलसिलामा कतै बोल्न नजानेको भए त्यो मेरो नियत थियो भनेर नठानिदिनुहोला।