नेप्से परिसूचकमा आज पनि गिरावट

काठमाडौं। शेयर बजार मापक नेप्से परिसूचकमा मंगलबार पनि गिरावट आएको छ।

 

साताको पहिलो कारोबारको दिन आइतबार उच्च अंकले बढेको नेप्से दोस्रो दिन सोमबार पनि घटेको थियो।

 

 

तेस्रो कारोबारको दिन आज पनि नेप्से ११.८२ अंकले घटेर १९२१.३१ बिन्दुमा झरेको छ।

 

त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.२२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०१ अंकले घटेको छ।

 

 

 

मंगलबार कारोबारमा आएका २३० कम्पनीको ३० लाख ३७ हजार ६३० कित्ता शेयर १ अर्ब ५ करोड ८२ लाख २४ हजार ४७२ रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

 

 

 

 

सोमबारको तुलनामा मंगलबार नेप्सेसँगै कारोबार रकममा समेत गिरावट आएको छ। सोमबार २ अर्ब ४ करोड ४८ लाख ३१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो।

 

 

 

नेप्सेका १३ उपसमूहमध्ये दुई वटा उपसमूहको सूचक वृद्धि भएको छ भने बाँकी ११ उपसमूहको सूचक गिरावट भएको छ।

 

 

जसमा जीवन बीमा १.०३ प्रतिशत र वाणिज्य बैंकको सूचकमा ०.०२ प्रतिशतले वृद्धि भएको छ। बाँकी ११ वटा उपसमूहको सूचक १ प्रतिशतभन्दा बढीले गिरावट आएको छ।

 

 

 

नेप्से परिसूचकमा गिरावट आए पनि सीवाईसी लघुवित्तको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

 

 

 

बाँकी सबै कम्पनीहरुका शेयरधनीले शेयर मूल्य गुमाएका छन्। कारोबारको आधारमा सर्वाधिक कारोबार एशियन लाइफ इन्स्योरेन्सले गरेको छ।