आज दिउँसो देशभर भारी वर्षाको सम्भावना,सतर्क रहन अनुरोध

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।

 

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ ।

 

 

हाल मौसमको अवस्था देशभर आंशिक देखि सामान्य बदली रहि प्रदेश नं १, बागमती प्रदेश र कर्णाली प्रदेशका केहि स्थानहरुमा हल्का वर्षा भइरहेको छ।

 

 

 

आज दिउँसो देशभर सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

 

त्यस्तै आज राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशभर धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

प्रदेश १ का एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ।

 

 

यस्तो छ महाशााले आगामी २४ घण्टाका लागि जारी गरेको चेतावनी तथा परामर्श

 

देशभर सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ का एकदुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेकोले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ।

 

 

 

साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवनर यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।