राप्रपाको महिला संघ बैठकमा कुटाकुट

काठमाडौं। राप्रपाको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संघको बैठकमा कुटाकुट भएको छ ।

 

 

आइतबार पार्टी कार्यालय धुम्बाराहीमा बोलाइएको महिला संघको बैठकमा अध्यक्ष अञ्जना शाह रावल र असन्तुष्ट पक्षबीच कुटाकुट भएको हो।

 

 

अध्यक्ष रावलले बैठक अगाडि बढाउन थालेपछि दुई पक्षबीच विवाद सुरु भएको थियो । विवाद उत्कर्षमा पुगेपछि दुई पक्षबीच कुटाकुट भएको बैठकमा सहभागी एक नेतृले बताइन् ।

 

 

 

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले महिला संघको अध्यक्षमा रावललाई मनोनीत गरेपछि विवाद चुलिएको छ ।

 

 

 

अध्यक्षकी आकांक्षी कुमारी स्याङताङ लामा समूहले अध्यक्ष रावलले बोलाएको बैठकलाई सुरुमै अवरोध गरेको थियो ।

 

 

 

कुटाकुट हुँदा महिला संघकी नेतृ समीक्षा तामाङ घाइते भएकी छिन् । कुटाकुट हुन थालेपछि अध्यक्ष रावल भने बैठक स्थलबाट भागेकी थिइन्।

 

 

 

बैठकमा राप्रपाका महामन्त्रीद्वय कुन्ती शाही र राजेन्द्र गुरुङ पनि सहभागी थिए । तर, कुटाकुट हुन थालेपछि उनीहरू पनि बैठक स्थलबाट बाहिरिएका थिए ।