मौद्रिक नीति कसैको माग र लहडमा आउँदैन: गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति कसैको माग र लहडमा नआउने उल्लेख गर्नुभएको छ।

 

 

 

नेपाल उद्योग वाणिज्य महासंघले गरेको मौद्रिक नीति सम्बन्धी छलफलमा उहाँले अर्थतन्त्र मौद्रिक नीति चुनौतिपूर्ण बन्दै अर्थतन्त्रलाई सम्बोधन गर्ने गरी आउने प्रष्ट गर्नुभयो ।

 

 

 

समय र अर्थतन्त्रको माग के हो त्यो अनुसारको नीति आउने भन्दै उहाँले गभर्नरको रुपमा महाप्रसादलाई दिमागमा के लाग्छ त्यो पोलिसी आउने अथवा निजी क्षेत्रले मागेको पोलिसी नआउने प्रष्ट गर्नुभयो ।

 

 

 

 

बैकिङ क्षेत्र र अर्थतन्त्रमा अस्थिरता आउँछ कि भन्ने त्रास रहेको उहाँले उल्लेख गर्नुभयो । गभर्नर अधिकारीले अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको र यो बाह्य कारणले निम्तिएको पनि प्रष्ट गर्नुभयो ।

 

 

 

 

पहिलो अर्थन्त्रलाई ठाउँमा राख्नुपर्छ, स्टेबल हुनुपर्छ अनि मात्रै सबै त्यसभित्र अटाउने तर्फ उहाँले निजी क्षेत्रको ध्यानाकर्षण गराउनुभयो ।

 

 

 

अर्थतन्त्र अस्थिर भयो भने त्यसभित्र काम गर्दा धेरै समस्या आउने उहाँले जिकीर गर्नुभयो ।

 

 

 

निजी क्षेत्रले नाफा नघटोस्, घाटामा जानु नपरोस् भन्नु स्वभाविक रहेको तर, नीति बनाउँदा अर्थतन्त्रका आवश्यकतलाई हेरेर अर्थतन्त्रलाई कसरी जोगाउने भन्ने कुरामा ख्याल गर्नुपर्ने गभर्नर अधिकारले उल्लेख गर्नुभयो ।