छानबिन समितिले जनार्दन शर्मासँग सम्बन्धित विवरण अर्थ मन्त्रालयसँग माग्ने निर्णय

काठमाडौं। निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले बुधबार अर्थ मन्त्रालयसँग शर्मासँग सम्बन्धित कागजात र विवरण माग्ने निर्णय गरेको छ।

 

 

 

मंगलबार सिंहदरबारमा बसेको संसदीय विशेष छानबिन समितिको पहिलो बैठकले समितिको कार्यविधि पास गर्दै शर्मासँग विषय कागज तथा विवरणको लागि पत्राचार गर्ने निर्णय गरेको समिति सचिव सुरेन्द्र अर्यालले बताए।

 

 

 

आजको बैठकले छानबिन समितिको सभापति सर्वसम्मतिबाट छान्ने निर्णय भएको उनको भनाइ थियो।

 

 

सचिव अर्यालले सर्वसहमतिबाट सभापति छान्न सदस्यहरूले आन्तरिक छलफल गर्ने विषयमा छलफल भएको जानकारी दिए।

 

 

 

‘संसदीय छानबिन समितिको पहिलो बैठक ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णको सभापतित्वमा सिंहदबारमा बस्यो।

 

 

 

योभन्दा अगाडि सचिवालयलाई कार्यविधि बनाउन जिम्मा दिइएको थियो । तीन दिन लगाएर कार्यविधि बनाएका थियौँ।

 

 

 

बैठकका दुई वटा कार्यसूची थिए । कार्यविधिलाई समितिमा छलफल गरेर स्वीकृत गर्ने र अर्को समितिको सभापतिको निर्वाचन गर्ने विषय थियो।

 

 

 

यो कार्यविधिमा विस्तृत रुपमा छलफल भयो । माननीय सांसदहरूले आफ्नो सुझाव राख्नुभयो । त्यो सुझावहरुलाई आधार मानेर अन्तिम कार्यविधि बनायो र त्यो कार्यविधि पारित गरियो,’ अर्यालले भने।

 

 

 

 

आजको बैठको सभापतित्व ज्येष्ठ सदस्यका हैसियतमा लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद लक्ष्मणलाल कर्णले गरेको अर्यालको भनाइ थियो।

 

 

अर्को बैठक बुधबार दिउँसो बस्ने उनको भनाइ छ ।समितिको सभापति आन्तरिक छलफल गरेर सर्वसहमतिबाट चयन गर्ने छलफल भएको छ।

 

 

 

बुधबार साढे २ बजे अर्को बैठक बस्ने आवश्यक कागज सम्बन्धमा अर्थ मन्त्रालयसँग पत्राचार गरेर विवरण माग गर्ने निर्णय भएको छ,’ उनले भने।

 

 

 

शर्माले अर्थमन्त्री हुँदा २०७९/८० को बजेट बनाउने क्रममा राति अनाधिकृत व्यक्ति अर्थ मन्त्रालय छिराएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यी संसदीय विषेश छानबिन समिति बनेको छ।

 

 

 

शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।छानबिन समितिमा एमालेबाट खगराज अधिकारी, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल र विमला विक सदस्य छन्।

 

 

 

त्यस्तै कांग्रेसबाट पुष्पा भुसाल गौतम र सीताराम महतो, नेकपा माओवादी केन्द्रबाट देवप्रसाद गुरूङ र शक्तिबहादुर बस्नेत सदस्य छन्।