काठमाडौं उपत्यकामा आजबाट १८ वर्षमुनिकालाई फाइजर खोप दिइँदै,यी हुन् १४ खोप केन्द्र (सूचनासहित)

काठमाडौँ । काठमाडौं उपत्यकामा आज (सोमबार) १८ वर्षमुनिका बालबालिकालाई कोरोना भाइरसविरुद्धको फाइजर खोप दिइँदै छ ।

 

 

काठमाडौं महानगरपालिकाको वडा नम्बर-२९ का विभिन्न १४ स्थानमा आज (सोमबार) देखि कोभिडविरुद्धको खोप दिइन लागिएको हो ।

 

 

 

बालबालिकालाई कोभिडविरुद्धको फाइजर खोपको बुस्टर डोज लगाउन विभिन्न खोप केन्द्रहरु निर्धारण गरिएको छ ।

 

 

 

१२ वर्षदेखि १८ वर्ष मुनिका बालबालिकालाई फाइजर खोपको बुस्टर डोज लगाउन लागिएको हो । ती खोप केन्द्रहरुमा साउन ३० गतेसम्म फाइजर खोपको बुस्टर डोज लगाइने जनाइएको छ ।