आज दिउँसो देशभरका यी स्थानहरूमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना,सतर्क रहन अनुरोध

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेका छ।

 

 

 

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ।

 

 

 

हाल मौसमको अवस्था प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहेकको छ। कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ।

 

 

 

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ का एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

 

 

 

त्यस्तै आज राती देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।

 

 

प्रदेश १ र बागमती प्रदेशका केही तथा बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

 

प्रदेश १ र बागमती प्रदेशका का एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

 

यस्तो छ आगामी २४ घण्टामा महाशाखाले जारी गरेको चेतावनी तथा परामर्श

 

देशका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा तथा प्रदेश १ र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले उक्त भूभागहरूमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ।

साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवनर यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।