अलपत्र परेको जिर्णोधार जन प्रकाश माविको भवन भारतीय दुतावासबाट स्थलगत अनुगमन

सर्पलाल गिरी-

बाजुरा। बुढिनन्दा नगरपालिका वडा न २ मा रहेको भारतिय राजदुताबासको सहयोगमा निर्माणाधिान जनप्रकाश उमाबिको १५ कोठे भवन ८ बर्षदेखी अलपत्रमा परेपछि पुनर्मिमाणको प्रक्रिया अगाडी बढाउन बुढीनन्दा नगरपालिका, जिल्ला समन्वय समिति र विद्यालय व्यवस्थापन समिति अहिले सक्रियता देखाइएको छ ।

 

 

भारतिय दुताबासको सहयोगमा निर्माण भइरहेको जनप्रकाश उमाबिको भवन ठेकेदारको लापरबाहीका कारण अलपत्रमा परेको हो ।

 

 

बिक्रम सम्बत २०७२ चैत्र २८ गते सम्झौता भएको र सो मितिको १५ महिनामा सक्नुपर्ने सम्झौता भएको भएपनि हालसम्म ३० प्रतिशत काम भएको देखीएको छ ।

 

 

सम्झौता भएको मितिले ०७४ को भदौमा काम गरीसक्नु पर्ने भए पनी हाल सम्म कुनै पनी काम नगरी अलपत्र परेको जिल्ला समन्वय समिति बाजुराले जनाएको छ ।

 

 

 

भारतिय दुताबास संग सम्झौता भएको ४ करोड ४४ लाख ७२ हजार ४ सय ४४ रुपैँया रकम रहेको र काम ३० प्रतिशत सम्म पनी हुन नसकेको समन्वय समिति बाजुराको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

 

 

भारतिय दुताबासको सहयोगमा २ छात्राबास भवन र १ बिद्यालय भवनका लागी सहयोग गरेको कार्यालयको श्रोतले उल्लेख गरेको छ ।

 

 

निर्माण कार्यमा ठेक्काको जिम्मा लिएको गाल्वा निर्माण सेवा वानेश्वर काठमाडौं प्रालिका ठेकेदार र स्थानिय साझेदार कामको जिम्मा लिने बुढीनन्दा नगरपालिकाका निबर्तमान नगर प्रमुख पदम कुमार गिरीको लापरवाहीले काम सम्पन्न हुन नसकेको बुझिएको छ ।

 

 

 

सो भवन निर्माण गर्ने नाममा हाल सम्म १ करोड २० लाख १८ हजार ९ सय ३५ रुपैँया ९ पैशा खर्च भएको देखीएको छ । १५ महिनामा काम गरिसक्ने सम्झौता भए पनी ठेकेदारले काम नगरेको बिद्यालय श्रोतको आरोप रहेको छ ।

 

 

 

म्याद थपका लागी निर्माण सेवा कम्पनीलाइ बिद्यालय ब्यबस्थापन समितिले पटक पटक पत्राचार गरीएको भए पनी अहिले सम्म कुनै प्रतिक्रृया नआएको बिद्यालयले जनाएको छ । १५ महिना सम्म ३० प्रतिशत पनी काम नभएको जिल्ला समन्वय समितिको कार्यलयको रिर्पोटमा उल्लेख गरिएको छ ।

 

 

 

भवन निर्माणको सम्झौताको म्याद ०७४ को भदौमा नै गइसकेको बताएको छ आर्थिक बर्ष २०७५÷०७६ को महा लेखा परिक्षणको प्रतिबेदन अनुसार १ करोड ८३ लाख ६० हजार ४ सय ३८ रुपैया निकाशा गरिएको जनाएको छ ।

 

 

मलेपको प्रतिबेदनमा उल्लेख भए अनुसार १ करोड २० लाख १८ हजार ९ सय ३५ रुपैँया ९ पैशा खर्च भएको देखीएको छ ।

 

 

पेश्की ४८ लाख ९३ हजार २ सय ६ रुपैँया पेश्की रहेको रिर्पोटमा उल्लेख गरिएको छ भने बैकं मौज्जाद १४ लाख ४८ हजार २ सय ९६ हजार रुपैँया रहेको मलेप रिर्पोटमा उल्लेख गरिएको पाईएको छ ।

 

 

तत्कालिन जिल्ला बिकास समितिका प्रमुख स्थानिय बिकाश अधिकारी अर्जुन प्रसाद सुबेदी भारतिय तुदाबासका सह सचिव गम्भिर सिहं र जनप्रकाश उच्च माध्यामिक बिध्यालयका प्राचार्य अनोज राज गिरी बिच सन २०१५ नोभेम्बर ६ तारिखमा तिन पक्षिय सम्झौता भएको बुझिएको छ ।हाल सम्म बनेको ३० प्रतिशते काम पनि पुनः गर्नु पर्ने भवन निर्माणाका प्राबिधीकहरुले बताउने गरेका छन ।

 

 

 

 

प्राबिधीकहरुका अनुसार हाल भएको कामहरु सबै जिर्ण भैसकेकाले जगदेखी नै पुन बनाउने बनेको संरचनामा अपुरो काम पुरा गरेर भवन बनाउने विषयमा भारतीय दुतावासमा बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहरा र जन प्रकाश माविका प्राचार्य अनोराज गिरी लगायतको विव्यस टोली पुगेर स्थलगत अनुगमनका लागि अनुरोध र पहल गरेपछि साउन २४ गते भारतीय राजदुतावासका सेकेण्ड सेक्रटरी आशिष सिन्हा लगायतको टोलीले स्थलगत अनुगमन गरेको छ ।

 

 

 

 

भारतीय राजदुतावासका सेकेण्ड सेक्रटरी आशिष सिन्हा सहितको टोलीलाई जिल्ला समन्वय समिति, बाजुराका संयोजक तुलसीराम रोकाया, बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहरा, प्रमुख प्रशासकीय अधिकृत डा. विजय भुर्तेल, वडा अध्यक्षहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दराम विष्ट, प्राचार्य अनोजराज गिरी, विद्यालय परिवार र अभिभावम, नागरिक समाजसहितको टोलीले बाजागाजा, फुलमाला सहित स्वागत तथा सम्मान गरिएको छ ।

 

 

 

समन्वय प्रमुख तुलसीराम रोकायाले नेपाली टोपी र नगर प्रमख जनक कुमार बोहराले मायाको चिनो उपहार दिएर सिन्हालाई बुढीनन्दा नगरपालिका मा स्वागत गरेका छन ।

 

 

सो भवनको अबस्था बारे बुझ्न १३ गते मात्र बुढिनन्दा नगरपालिकाका नव निर्वाचित नगर प्रमुख जनक कुमार बोहरा र जनप्रकाश माबिका प्राचार्य अनोजराज गिरी लगायतको टोली भारतिय दुतावासमा पुगेको बुढीनन्दा नगरपालिकाका प्रवक्ता जंगवीर रोकायाले बताएका छन ।

 

 

नगरपालिका श्रोतका अनुसार केही समयको छलफल पश्चात दुतावास सकारात्मक भई भारतीय दुतावासबाट सिन्हाको नेतृत्वमा एक टोली स्थलगत अनुगम गरी नयाँ प्रक्रियाबाट अगाडी बढ्ने गरि बाजुराको जन प्रकाश मा. वि. कोल्टीमा पुगेको हो ।

 

उक्त टोलीले जन प्रकाश मा.वि.को अलपत्र पारिएको निर्माणाधिन निर्ण भवनको स्थलगत अनुगमन गरि बुढीनन्दा नगरपालिकाको तालिम हलमा उक्त भवनको हालको अवस्था, सम्झौताको प्रक्रिया, हालसम्मको खर्च र आगामी अपेक्षा सहित बुढीनन्दा नगरपालिकाको समग्र स्थिति, पर्यटन, धार्मिक, साँस्कृतिक र आर्थिक सुचकको बारेमा बुढीनन्दा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. विजय भुर्तेलले सरोकारवाला सहितको सहभागीतामा उक्त टोली समक्ष प्रस्तुती गरिएको हो ।

 

 

 

 

त्यसैगरि सरोकारवाला सहित जनप्रतिनिधी, नगरपालिका, जिल्ला समन्वय विव्यस, विद्यालय प्रशासन, पत्रकार , नागरिक समाज, प्राविधीक र अभिभावकहरु विच अन्तरक्रिया गरेर समुह छलफल गरेर उक्त भवनको पुनर्निमाणका लागि भारतीय दुतावासबाट आएको आहिष सिन्हाको टोलीलाई सुझाव सहित अनुरोध गरेको प्राचार्य अनोजराज गिरीले बताउनु भएको छ ।

 

 

 

 

उक्त भवनको अवस्था बारेमा स्थलगत अनुगमन गरिसकेपछि दुतावासबाट आएका टोली प्रमुख आशिष सिन्हाले दुतावासको तर्फबाट अध्ययन गरेर आएका सुझावलाई मध्यनजर गरेर भरपुर सहयोग गर्ने प्रतिवद्वता व्यक्त गरेका छन ।