शहीद स्मारक ए डिभिजन लिग पुस ८ गतेदेखि हुने

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग पुस ८ गतेदेखि हुने भएको छ ।

 

 

अखिल नेपाल फुटबल संघ एन्फाको बिहीबार एन्फा मुख्यालयमा बसेको दोस्रो कार्यसमिति बैठकले पुस ८ गतेदेखि चैत ४ गतेसम्म ए डिभिजन लिग फुटबल आयोजना गर्ने निर्णय गरेको एक सदस्यले जानकारी दिए ।

 

 

 

बैठकले बी र सी डिभिजन लिगका साथै सी डिभिजन लिगको छनोटका लागि समेत मिति तय गरेको छ ।

 

 

 

बैठकले असोज २३ देखि नेपाल सुपर लिगको दोस्रो संस्करण आयोजना गर्ने तयारी गरेको एक सदस्यले जानकारी दिए ।