देशभर थप २६३ जनामा कोरोना संक्रमण पुष्टि,२ जनाको मृत्यु

काठमाडौं ।देशभर पछिल्लो २४ घण्टामा थप २६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार १६५ परीक्षणमा २६३ जना संक्रमित भेटिएका हुन् ।

 

 

 

१ हजार ३९९ पीसीआर परीक्षणमा १६२ जना र १ हजार ७६६ एन्टिजेन परीक्षणमा १०१ जनामा संक्रमण पुष्टि भएको हो ।

 

 

 

 

पछिल्लो २४ घण्टामा ५०१ जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ।