संसदमा संक्रमणकालीन न्याय सम्बन्धि विधेयक आज पेश हुने

काठमाडौं। संघीय संसद अन्तरगत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बिहान ११ बजे बस्ने बैठकमा संक्रमणकालीन न्याय सम्बन्धि विधेयकमा छलफल गर्ने कार्यसूची रहेको छ।

 

 

 

 

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्माले बेपत्ता पारिएका ब्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोगको तेस्रो संशोधन विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

 

 

 

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाकोतर्फबाट ‘न्याय परिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेश हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।