टी-२० अन्तर्राष्ट्रिय शृंखला: आज नेपाल केन्याविरुद्ध पहिलो खेल खेल्दै

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमले आज केन्या विरुद्धको टी-२० सिरिज सुरु गर्दै छ।

 

 

 

केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा अपरान्ह पौने ४ बजे प्रतिस्पर्धा गर्दै छ।

 

 

पाँच खेलको टी-२० सिरिजका लागि केन्या पुगेको नेपाली टोली वरीयतामा १४ औँ स्थानमा रहेको छ भने केन्या ३० औँ नम्बरमा रहेको छ।

 

नेपाल पहिलो खेलबाटै दबाब बढाउने ध्याउनमा हुने छ।

 

 

पहिलो पटक केन्या भ्रमणमा निस्कन लागेको नेपालले केन्यासँग पहिलो पटक टी-२० अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेलमा प्रतिस्पर्धा गर्दै छ।

 

 

 

नेपालले २०१३ पछि पहिलो पटक केन्यासँग टी-२० खेलमा प्रतिस्पर्धा गर्न लागेको हो।

 

 

२०१३ का दौरान रहेको नेपाली टीममा भने अहिले ज्ञानेन्द्र मल्लमात्र रहेका छन्। अधिकांश युवा अनुहारले अहिले नेपाली टीममा मौका पाएका छन्।

 

 

 

 

नेपालका कप्तान सन्दीप लामिछानेले बुधबार आयोजित प्रि-म्याच कन्फरेन्समा टिमको लक्ष्य सबै खेलमा जित निकाल्ने भएको बताए।

नेपालले केन्याविरुद्ध यसअघि २ पटक प्रतिस्पर्धा गर्दा दुबैमा नेपालले जित निकालेको छ।

 

 

 

 

यद्यपि केन्या यो पटक नेपाललाई हराएर आफू बलियो बन्दै गएको सन्देश दिने चाहनामा रहेको छ।

 

 

 

केन्याका कप्तान शेम एनगोचेले नेपाललाई हराएर वरीयता सुधार गर्ने लक्ष्यमा आफूहरू रहेको बताए।

 

 

 

यो खेलबाट राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकरको अन्तर्राष्ट्रिय डेब्यु गर्ने छन्।

 

 

 

 

पाँच खेलको सिरिजअन्तर्गत दोस्रो खेल १० भदौमा हुने छ। सिरिजपछि नेपालले तीन खेलको एकदिवसीय सिरिज खेल्ने कार्यतालिका रहेको छ।