बालेनसँग सर्वोच्चले माग्यो ७ दिनभित्र जवाफ (हेर्नुहोस् आदेशसहित)

काठमाडौं ।काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहलाई सर्वोच्च अदालतले अवहेलना मुद्दामा ७ दिनभित्र आफैं उपस्थित भएर जवाफ दिन आदेश दिएको छ ।

 

 

 

नर्भिक अस्पतालले नक्सा पास नगरी बनाएको संरचना तत्काल नहटाउन सर्वोच्चले दिएको अन्तरकालीन आदेशको विरुद्धमा अभिव्यक्ति दिएपछि अधिवक्ता दीपकराज जोशीले बालेनविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरेका थिए ।

 

 

 

सोमबार न्यायाधीश हरिकृष्ण कार्कीले उक्त निवेदनमाथि सुनुवाइ गर्दै ७ दिनभित्र आफैं उपस्थित भएर जवाफ दिन आदेश दिएको हो ।

 

 

 

सर्वोच्चले नर्भिकको संरचना नभत्काउन अन्तरकालीन आदेश दिएपछि बालेनले ‘अब नक्सा पासको कामपनि सर्वोच्च अदालतलाई गर्न दिए हुने’ भनी प्रतिक्रिया दिएका थिए ।

 

हेर्नुहोस् आदेश