देशभर थप २२६ जनामा कोरोना संक्रमण पुष्टि,३२३५ जना सक्रिय संक्रमित

काठमाडौं ।देशभर पछिल्लो २४ घण्टामा थप २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ११ जनाको परीक्षणमा २२६ जनामा संक्रमण पुष्टि भएको हो ।

 

 

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ५२५ जनाको पीसीआर परीक्षण गर्दा १४५ जना र २ हजार ४८६ जनाको एन्टिजेन परीक्षण गर्दा ८१ जनामा संक्रमण देखिएको छ ।

 

 

 

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३ हजार २३५ पुगेको छ ।

 

 

 

पछिल्लो २४ घण्टामा २२३ जना संक्रमणमुक्त भएका छन् । जसमध्‍ये ३ हजार ८६ जना होम आइसोलेसनमा रहेका छन् भने १४९ जना संस्थागत आइसोलेसन र ४४ जना आईसीयूमा छन् ।

 

 

 

 

यस्तै ५ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ। सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४७ हजार ४३०पुगेको छ ।