कांग्रेसका सहमहामन्त्रीलाइ समावेशिताको आधारमा उम्मेदवारको सूची बनाउने जिम्मा

काठमाडौं ।सत्तारूढ दल नेपाली कांग्रेसले समानुपातिकतर्फका उम्मेदवारको सूची बनाउँदा क्लष्टरको आधारमा छनोट गर्ने जिम्मेवारी ८ सहमहामन्त्रीलाई दिएको छ।

कार्यसम्पादन समितिको बैठकले समावेशीताको आधारमा सूची तय गर्नका लागि अध्ययन गरी रिपोर्ट बुझाउने अधिकार सहमहामन्त्रीहरुलाई दिएको छ ।

कांग्रेसमा समावेशिताको क्लष्टर अनुसार महामन्त्री चुनिएका छन् । उनीहरुले आफ्नो आफ्नो क्लष्टरको सूची बनाउने जिम्मा पाएका हुन् ।

 

समावेशिताको क्लष्टर र पार्टीले बनाएको मापदण्डलाई आधार बनाएर नाम अर्को बैठकमा प्रस्तुत गर्ने भन्ने भयो’, बैठकमा सहभागी नेता अर्जुनरसिंह केसीले भने, ‘आएको नामहरुमा क्लष्टर र मापदण्ड हेरेर को कोलाई प्राथमिकता दिने भनेर उहाँहरुले रिपोर्ट बुझाउनुहुनेछ ।

 

समावेशिताका लागि मुस्लिम, थारु, महिला, जनजाति, मधेसी, खस आर्य, पिछडिएको क्षेत्र र दलित गरी आठ क्लष्टर छन् ।