महिला साफ च्याम्पियनसिप: भारतमाथि नेपालको ऐतिहासिक जित,पहिलो पटक फाइनलमा

काठमाडौं । महिला साफ च्याम्पियनसिपमा भारतमाथि नेपालले ऐतिहासिक जित हात पार्दै फाइनलमा पुगेको छ ।

 

शुक्रबार त्रिपुरेश्वरस्थत दशरथ रंगशालामा भएको खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतमाथि १–० को जित हात पारेको हो । महिला साफ च्याम्पियनसिपको इतिहासमा नेपालले भारतलाई हराएको यो नै पहिलो पटक हो ।

 

नेपालको जितमा प्रिती राईले निर्णायक गोल गरिन् । पहिलो हाफको अन्तिम मिनेटमा उनले उत्कृष्ट गोल गरिन् । दोस्रो हाफमा गोल नथेपनि नेपाली खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई खेलमा फर्किने अवसर दिएन ।

अब नेपालले उपाधिका लागि बंगलादेशसँग खेल्नेछ ।

नेपाल फाइनलमा पुगेको भने पाँचौं पटक हो । तर चार पटक नै नेपाल फाइनलमा भारसँग पराजित भएको थियो ।

 

२०१६ मा कुमार थापा प्रशिक्षक रहेकै बेला नेपाल सेमिफाइनलमा पराजित भएको थियो । त्यसपछि पहिलो पटक महिला टोलीको प्रशिक्षक बन्ने अवसर पाएका थापाले मिठो बदला पनि लिएका छन् ।