सुनको मूल्य बढ्यो,चाँदीको मूल्य कति ?

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनचाँदीको दरभाउ सार्वजनिक गरेको छ ।

महासंघका अनुसार आज सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मुल्य प्रतितोला चार रुपैयाँले बढेको हो ।
भने चाँदीको मूल्य ५ रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार आठ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार तीन रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार १८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।