इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

सांकेतिक तस्वीर

काठमाडौं। इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लाग्दा तेह्रथुममा आज एक युवकको मृत्यु भएको छ। करेन्ट लागेर आठराई गाउँपालिका–४ इवाका २४ वर्षीय निलम इङनामको मृत्यु भएको इलाका प्रहरी कार्यालय सङ्क्रान्ति बजारका प्रहरी निरीक्षक योगराज सुवेदीले जानकारी दिए।

उनको घटनास्थलमै मृत्यु भएको हो।इन्टरनेट जडानका लागि बिजुलीको पोलमा चढ्दा इङनामलाई करेन्ट लागेको प्रहरीले जनाएको छ। मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ।