बाजुराको हिमाली गाउँपालिकाद्वारा बाढी पहिरो पिडित ११३ घर परिवारलाइ राहत साम्रगी वितरण
काठमाडौं। बाजुरा जिल्लाको हिमाली गाउँपालिकाले १ सय १३ बाढी पहिराे पिडित घरपरिवारलाई राहत बितरण गरेको छ। गाउँपालिकाले निरन्तर बर्षाका कारण बाढी पहिरोबाट विस्थापित घर परिवारहरुलाई राहत बितरण गरिएको जनाएको छ।
गाउँपालिकाले त्रिपाल, चामल,दाल,लताकपडा र भाडाकुडासहितका सामग्री बितरण गरिको स्थानीयले बताएका छन्। बाढी पहिरो पिडीतहरुलाइ गाउँपालिकाको कार्यलयमै अध्यक्ष गोबिन्द बहादुर मल्लले राहत बितरण गरेका थिए।
सो गाउँमा अहिले पनि पहिरो खसिरहेको स्थानीय बासिन्दाले बताएका छन। गाउँ नै विस्थापित भएकोले अब त्यो गाउँका स्थानियहरुले बस्ती नै स्तानन्तरण गर्नुपर्ने माग समेत राखेका छन्।
पाँच दिनको निरन्तर अविरल बर्षाका कारण वडा नं ४ बोर्ता गाउँमा पहिरो गएर १ सय १३ परिवार पहिरोको उच्च जोखिममा परेको गाउँपालिकाले जनाएको छ।
बाढी पिडित बासिन्दाले भने गाउँ बस्न नसकिने अवस्था सृर्जना भैसकेको छ। हामी सवै परिवार बिस्थापित भएका छौं गाउँको बस्ती र खेतीयोग्य जमिन अहिलेसम्म बगिरहेको उनिहरूले बताए। बर्षाको कारण पाकेर भित्र्याउन लागेको बालिनाली पुर्णरुपमा क्षती भएकोमा दुख व्यक्त समेत गरेका छन्।
अहिले गाउँका हामी सबै बासिन्दा सुरक्षित ठाउँमा त्रिपाल मुनि दिन,रात बिताइरहेका छाैं उनिहरूले भने। गाउँपालिका कार्यलयले राहत उपलब्ध गराए पनि स्थानीय हरुले दिर्घकालिन समाधान खोजि दिन गाउँपालिकासँग आग्रह समेत गरिरहेका छन्।
गाउँपालिकाले सुरक्षित स्थानमा बस्ती स्थानन्तरण गर्नुपर्ने देखिए पनि गाउँपालिकाले मात्र सम्भव नहुने हुँदा संघ र प्रदेश सरकारसँग सहयोगका लागि अनुरोध गर्ने गाउँपालिकाले जनाएको छ।
बढीपहिरो पिडितहरूलाइ विभिन्न समस्या उत्पन भएकोले सहयोग गरि दिन हुन सरकारी तथा गैरसरकारी संघ संस्थाहरूलाई गाउँपालिकाले अपिल समेत गरेको छ।