गुडिरहेको गाडीमा आगलागी

काठमाडौं। धनकुटाको साँगुरीगढी–६ भेडेटार नजिक चारखोलेमा सोमबार बिहान गुडिरहेको गाडीमा आगलागी भएको छ। तरकारी बोकेर धनकुटाबाट धरानतर्फ जाँदै गरेको प्रदेश नं. २, ०१००१ च २४१ नम्बरको गाडीमा बिहान सबेरै २ बजेर २० मिनेटमा आगलागी भएको प्रहरीले जनाएको छ।

गुडिरहेको बेला अकस्मात वायरिङ सट भई आगो लागेको चालकले जनाएका छन्। गाडीको इन्जिनसहित अघिल्लो भागमा पूर्णरुपमा क्षति पुगेको भेडेटारका प्रहरी नायब निरीक्षक रामप्रसाद शर्माले जानकारी दिए। गाडीमा सवार दुई यात्रु भने सकुशल छन्।