छुटेका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि आज पनि खुवाइँदै

काठमाडौं । सरकारले आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ ।स्वास्थ्य मन्त्रालयका अनुसार आज ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने भएको हो ।

त्यस्तै एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने छ ।बुधबार देशभरका बालबालिकालाई औषधि खुवाइएको भए पनि छुटेकालाई आज पनि औषधि खुवाइने भएको हो ।

भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने आज अन्तिम दिन हो ।आफ्ना बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ ।