कांग्रेसको घोषणापत्र भोलि सार्वजनिक हुने

काठमाडौं । नेपाली कांग्रेसले चुनावी घोषणापत्र सोमबार सार्वजनिक गर्ने भएको छ।यसअघि आइतबार नै सार्वजनिक गर्ने तयारी गरे पनि सोमबार विहान साढे १० बजेका लागि सारिएको घोषणापत्र तयारी समितिका प्रवक्ता तथा कांग्रेस सहमहामन्त्री जीवन परियारले जानकारी दिए।

आइतबार सुदूरपश्चिम र कर्णालीमा सत्तारुढ गठबन्धनको कार्यक्रममा सहभागी हुन गएका पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा फर्किन ढिलाइ भएकाले घोषणापत्र सार्वजनिक कार्यक्रम सोमबारलाई सारिएको हो।

कांग्रेसले आइतबार साँझ भर्चुअल माध्यमबाट घोषणापत्र सार्वजनिक गर्ने भनेको थियो । तर सभापति देउवा अनलाइन माध्यमबाट पनि जोडिने सम्भावना नभएपछि सोमबारका लागि सारिएको सहमहामन्त्री परियारले जानकारी दिए।