अखिल (क्रान्तिकारी)ले आज निर्वाचन बहिष्कार कार्यक्रमलाइ थप व्यवस्थित बनाउन संयुक्त पत्रकार सम्मेलन गर्दै

काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी) तथा नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी)ले आज निर्वाचन बहिष्कार/अवज्ञा तथा समसामुयिक विषयमा सयुक्त पत्रकार सम्मेलन गर्ने भएका छन्।  

आगामी मंसिर ४ गते हुने निर्वाचन सक्रिय बहिष्कार गर्ने विषयमा र अहिलेको समसामुयिक विषयमा पत्रकार सम्मेलन गर्न लागिएको अध्यक्ष हरिकृष्ण गजुरेलले जानकारी दिए।

त्यस्तै चुनाव बहिष्कार कार्यक्रम देशव्यापी रूपमा जनताको व्यापक र उत्साहजनक उपस्थिति रहदै आएको अध्यक्ष गजुरेलले बताए।

चुनाव बहिष्कार/अवज्ञा कार्यक्रमलाई थप प्रभावकारी रूपले अघि बढाउने विषयमा साङ्गठनका सबै सदस्यहरूलाइ आन्दोलनमा अझै कसरी सक्रिय बनाउन सकिन्छ भन्ने विषयलाइ लिएर आज पत्रकार सम्मेलन गर्न लागिएको अध्यक्ष गजुरेलले जानकारी दिए।

कार्यक्रम आज दिउँसो ठिक १ बजे संवाद डबली अनामनगर काठमाडौंमा हुने उपाध्यक्ष शिलु न्याैपानेले जानकारी दिनु गजुरेलले बताए।