क्रान्तिकारी माओवादीसहितका ४ कम्युनिस्ट पार्टीले भोलि निर्वाचन बहिष्कार सभा गर्दै,बहिष्कार सभा सफल पार्न अखिल(क्रान्तिकारी)को तिव्र तयारी

काठमाडौं।   नेकपा(क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) निकट दुइ विद्यार्थी संगठन यति बेला निर्वाचन सक्रिय बहिष्कार गर्न लागि परेका छन्। केही दिन अगाडी मात्र दुइ विद्यार्थी संगठनले निर्वाचन बहिष्कार/अवज्ञा गर्ने भन्दै पत्रकार सम्मेलन मार्फत सार्वजनिक रूपमा घोषणा गरेका थिए।  

अखिल(क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेल र अर्का अखिल (क्रान्तिकारी) का अध्यक्ष मिलन राइले विद्यार्थी संगठन निर्वाचन बहिष्कार /अवज्ञा गर्ने आफ्नो माउ पार्टीको नीति अनुरुप देशव्यापी रुपमा मंसिर ४ गते हुने निर्वाचन बहिष्कार/अवज्ञामा आफ्ना नेतारकार्यकर्ता तयार पार्दै जनताहरुलाइ आसन्न निर्वाचन सक्रिय बहिष्कार/अवज्ञा गर्न विद्यार्थी,शिक्षक, मजदुर, किसान, युवा,महिला र आम जनसमुदायमा अपिल गरेका छन्।

दुइ अखिल(क्रान्तिकारी) हरुले संसदवादी राजनैतिक दलहरले देश र जनतालाइ निर्वाचनको नाममा भ्रष्टचार, महँगी,लुट,हत्या दिन प्रतिदिन बढाइ रहेको युवाहरलाइ देशमै रोजगर र अवसर सृजना गराउन नसक्ने सरकारले युवाहरु विदेशिन बाध्य पार्दै जनताहरुलाइ समृद्धको नारामात्र दिएर युवाहरुले पठाएको रेमिटेन्सले सरकार चलाउदै लुट मचाउदै भष्टचार र महँगीले जनताहरुको जनजीविका दिन प्रतिदिन कष्टकर बन्दै गर्दा समेत चासो नदिने अहिलेका संसदवादी दलहरुले देशलाइ निकाश दिन नसक्ने भएकोले निर्वाचन बहिष्कार गर्नु परेको उनिहरूको भनाइ छ।

संसदीय व्यवस्था नाङ्गिसकेको छ, यो व्यवस्थामा जुनै व्यक्ति जुनै पदमा पुगे पनि कसैले केही गर्न नसक्ने भएकोले अवस्था भएकोले अहिले यो व्यवस्थाले ९५ प्रतिसद जनताहरुको मागलाइ सम्वोदन गर्न सकिरहेको छैन।  

त्यसैले जनताहरुले अगिल्लो निर्वाचनबाट आफुहरुले विजय गरि पठाएका जनप्रतिनिधिहरुबाट पाठ सिक्नु पर्ने समय आइसकेको अखिल(क्रान्तिकारी) की केन्द्रीय उपाध्यक्ष शीलु न्यौपानेले बताउनु भयो।

अखिल(क्रान्तिकारी) दुइ संगठनले विद्यार्थीहरू र आम जनसमुदायलाइ अहिलेको व्यवस्थाले सृजना गरेको विकृत बारेमा भण्डाफोरमा  उत्रन सक्ने शक्ति युवा विद्यार्थीहरूको हो र आम रुपमा जनताहरुलाइ सुचित गर्ने दाइत्व रहेको बताउनु भयो।

संसदवादी दलहरुले देश र जनताको भलो विपरित सत्ता र सरकार निर्माणका स्वार्थले आफैनै पार्ट्टीको सिद्धन्त कुल्चेर दलिय समिकरण निर्माण गरेका छन।

आफु र आफ्ना पार्टी एक्लै उभिएर जनतामा जाने हिम्मत कुनै यी संसदवादी पार्टीहरुमा रहेन्। जनताहरुमा नैरास्य सिवाय केहि नरहेको हुँदा यस्ता सरकारमा पुग्नै घाटी जोडेर हिडने र जनताका जनजीविकाका समस्यालाइ लात हान्ने यस्ता नेताहरुलाइ यो पटक सोलुखम्वु, थवाङका जनताले १ भोट पनि नखसाली जनताकोले उमेदवार र जनप्रतिनिधिहरुको मनरमुट्टमा ढ्याङ्रो बजाउने काम गर्न त्यहाका जनता सफल भएका छन।

अहिलेको यो पर्देश र प्रतिनिधिसभाको निर्वाचनमा ३०/३५ बटा पार्टी सक्रिय बहिष्कारमा संलग्न रहेका छन्। नेपालमा यदि जनताले यो व्यवस्था र तिनै नेताहरुलाइ यदि आफ्नो मतहाल्न राजि छैन्न भने  विदेशमा जस्तै नो भोटको व्यवस्था जनतालाइ दिनुपर्दछ। यसले नेता र व्यवस्थालाइ जनता प्रति बफादार,सजक र समयसान्दर्भिक बन्न पनि मद्दत गर्दछ ।

अहिले अखिल(क्रान्तिकारी) देशव्यापि बहिष्कारलाइ प्रभावकारी बनाउन पर्चार प्रसार,कोणसभा, व्यानरिङ्ग, र नेताहरुलाइ ३ पार्टीहरुबिच एकता गराउन व्यस्त रहेको छ। 

त्यस्तै कार्तिक २१ गते प्रहरी प्रधान कार्यालय नक्सालमा प्रहरी प्रवक्त टेक प्रसाद राइलाइ भेटी शान्तिपुर्ण सभा ,जुलुस र कार्यक्रम हरुमा धरपकड नगर्ने तथा नेता कार्यकर्ताहरुलाइ पक्राउ नगर्न र पक्राउ परेका नेता कार्यकर्ताहरु अबिलम्ब रिहा गर्न र निगरानी नगर्न दुइ संगठनले जानकारी गरायो थियो।आफ्ना शान्तिपुर्ण विरोध सभाबाट नेता कार्यकर्ताहरुलाइ प्रकाउ गरे उत्पन्न परिस्थिति बारे जवाबदेही नहुने बताकाका छन।

हिजै मात्र काठमाडौंको रत्नराज्य क्याम्पसमा उपत्यका स्थरिय अखिल(क्रान्तिकारी) का नेताहरुको प्रशिक्षण तथा २३ गतेको विरोध सभाको तयारी बैठ्ठक सम्पन्न गरेका छन।

नेकपा (बहुमत) का पार्टी संयोजक धर्वेन्द्र बस्तोलालाइ दुइ संगठ्ठनका केन्द्रीय नेताहरुले भेटघाट गरी पार्टी संयोजन समिति निर्माण पश्चातको अवस्था बारे छलफल गरेको अखिल(क्रान्तिकारी) का उपाध्यक्ष न्यौपानेले बताउनु भयो।

सुरूमा नेकपा (क्रान्तिकारी माओवादी) ,नेकपा (बहुमत), नेकपा (मसाल) र नेपाल कम्युनिष्ट् पार्टी नेपालले १ नम्वर प्रदेश देखि ७ नम्वर प्रदेश सम्म बहिष्कार/अवज्ञा सभा सम्पन्न गरिसकेको र कार्तिक २३ गते काठमाडौंमा बहिष्कर सभाको अन्तिम तयारी भइरहेको उपाध्यक्ष न्योपानेले जनाकारी दिइन।

उक्त सभामा पार्टीका केन्द्रीय स्थरीयका नेताहरुले सम्बोधन गर्नु हुनेछ भने नेता,कार्यकर्ता र सुभेच्छुक जनतासमुदायको सहभागि हुने छ। आम जनसमुदायहरुलाइ सक्रिय रुपमा कार्तिक २३ गते उक्त बहिष्कार/अवज्ञा सभामा सहभागि हुन अपिल गरिएको छ।