देशभर थप ८ जनामा कोरोना भाइरस संक्रमण,५३० सक्रिय संक्रमित

काठमाडौं ।देशभर थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६८० जनाको नमूना परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको हो।

शनिबार २४ जना कोरोनामुक्त भएका छन् ।हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ५३० पुगेको छ।