गोरखा पुगेर प्रचण्डले गरे पृथ्वीनारायण शाहको प्रशंसा

फाइल तस्वीर

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको नजिकिँदै जाँदा पृथ्वीनारायण शाहको प्रशंसा गरेका छन्।

उनले शाह सामन्ती राजा भए पनि राज्य निर्माणमा ऐतिहासिक तथा महत्त्वपूर्ण भूमिका खेलेको बताएका हुन।

तर प्रचण्डले राजतन्त्र फर्काउन भइरहेका अभियानप्रति भने असन्तुष्टि जनाएका छन्।