निर्वाचन बहिष्कार गर्ने क्रममा पक्राउ गरिएका नेता कार्यक्रतालाइ तत्काल रिहाइ गर्न अध्यक्ष हरिकृष्ण गजुरेलको माग

काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले पक्राउ गरिएका नेता कार्यकर्तालाइ तत्काल रिहाइ गर्न माग गरेको छ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बहिष्कार गर्ने क्रममा पक्राउ गरिएका नेता कार्यक्रतालाइ बिना सर्त रिहाइ गर्न संगठनका अध्यक्ष हरिकृष्ण गजुरेलले विज्ञप्ति जारी गरेर माग गरेका छन्।

शान्तिपूर्ण ढङ्गले संसदीय चुनाव बहिष्कार गर्न पाउने अधिकार भए पनि अहिलेको देउवा सरकारले जनताको शान्तिपूर्ण आन्दोलन माथि दमन गरेको भन्दै अध्यक्ष गजुरेलले विरोध गरेका छन्।

उनले भने प्रचार–प्रसार गर्दै गर्दा सङ्गठनका केन्द्रीय सदस्य क. मनोज थापा र नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य क. विपिन रोकायालाई आज बर्दियाको राजापुरबाट गिरफ्तार गरी कोठियाघाट प्रहरीचौकीको हिरासतमा राखिएकोप्रति घोर विरोध गरिएको छ।

गिरफ्तार गरिएका नेता कार्यक्रताहरुलाई बिनासर्त अविलम्ब रिहाइ गर्न जोडदार माग गरिएको छ।रिहाइ नगरे सङ्घर्षका कार्यक्रम सञ्चालन गर्न बाध्य हुने चेतावनी दिएका छन्।