नेपाल पत्रकार महासंघ ललितपुर शाखाको १३ औं साधरण सभा सम्पन्न,७ बुदे घोषणापत्र जारी

काठमाडौं। ललितपुरस्थित डिलाइट पार्टी प्यालेसमा नेपाल पत्रकार महसंघ ललितपुर शाखाको १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

सो कार्यक्रमको अध्यक्षता सागर न्यौपाने गर्नुभएको थियो भने नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रोसन पुरीको प्रमुख आतिथ्यता गर्नु भएको थियो। यस कार्यक्रममा नेपाल पत्रकार महासंंघका विभिन्न प्रतिनिधि हरुक‍ो उपस्थित रहेको थियो।

यसै सधारण सभामा पत्रकार महासंघ ललितपुर शाखाले आफ्नो घोषणा पत्र जारी गरेको छ। घोषणापत्र मा भनिएको छ – प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका स्थापित मूल्यमान्यताहरुप्रति प्रतिवद्ध रहँदै नेपालमा विभिन्न कालखण्डमा भएका स्वतन्त्र पत्रकारिताका लागि गरिएको आन्दोलन तथा अभियानहरुको स्मरण गर्दै लोकतान्त्रिक पारदर्शी, खुला, जवाफदेही पत्रकारिता गर्ने तथा ललितपुर जिल्लाका सबै क्षेत्रमा भइरहेका गतिविधिहरुको निगरानी गर्दै नागरिकको सूचनाको हकको अधिकारलाई प्रवर्द्धन गर्ने पत्रकारिता जगतको भूमिका प्रति पुनः प्रतिवद्धता जनाउँदै नेपाल पत्रकार महासंघ ललितपुर शाखाको १३ ओैं वार्षिक साधारणसभामा सहभागीहरुबीच छलफल गरी यो सभा ललितपुरघोषणापत्र जारी गर्दछ।

१. नेपालको संविधानको संरक्षण र कार्यान्वयनका लागि २०७९ मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पत्रकारिताको मूल्य मान्यतामा आँच आउन नदिई निष्पक्षता र ततष्ठताको सिद्धान्तमा आधारित रहेर समाचार प्रकाशनरप्रशारण गर्ने प्रतिवद्धता गर्दछ ।

२. कोरोना, डेंगु जस्ता महामारी तथा विपतमा पत्रकारहरुको सूरक्षालाई सक्रिय रही सो सन्दर्भमा अभिमुखीकरण जानकारीमुलक कार्यक्रमहरु गर्ने तथा सहयोगको दायरा बढाउने प्रतिवद्धता व्यक्त गर्दछ।

३. नेपाल पत्रकार महासंघ ललितपुर शाखामा आवद्ध तथा ललितपुर जिल्लामा रहेर पत्रकारितामा आउन चाहाने नयाँ पुस्तालाई लक्षित गरेर आधारभूत तथा विषयगत तालिमहरु, पत्रकारिताको नयाँ विकाशक्रमलाई आत्मसात् गर्दै डाटा, मोवाइल पत्रकारिता, मल्टिमिडिया पत्रकारिता, अन्तर्वार्ता,सम्पादकीय लेखन जस्ता तालिमहरु सञ्चालन गर्ने पत्रकारहरुको सशक्तीकरण गर्ने प्रतिवद्धता व्यक्त गर्दछ।

४. समग्र पत्रकारितालाई समावेशी तथा सहभागितामुलक वनाउन लक्षित समुदायभित्र पर्ने महिला, दलित, जनजाति, अपाङ्गता भएका फरक क्षमताका, सिमान्तकृत वर्गलाई समेत पत्रकारितामा सहभागीता बढाउँदै ग्रामीण भेगमा बसोवास गर्ने इच्छुकहरुलाई पत्रकारिताको मूलधारमा ल्याउन नेपाल पत्रकार महासंघ ललितपुर समन्वयकारी भूमिका सुनिश्चित गर्दछ।

५. बढ्दो डिजिटल माध्यमहरुले निम्त्याएको चुनौतीहरु जस्तैअफहवा, अतिरञ्जना र मिथ्या सूचनाबाट सचेत रहेर सत्यतथ्य सूचनाहरु सम्प्रेषण गर्न दक्षता अभिबृद्धि गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा रहेको संस्था, विज्ञ तथा पत्रकारहरुसंग सम्वाद, सहकार्य र अन्तरक्रिया अभिबृद्धि गर्दै “मिथ्या विरुद्ध सत्य“ अभियान सञ्चालन गर्ने घोषणा गर्दछ ।

६.ललितपुरको समग्र पत्रकारिताको सवलिकरण तथा श्रीबृद्धिका लागि डिजिटल प्रोफाइल, ललितपुर पार्श्वचित्र, पत्रकारिता सम्बन्धि प्रज्ञिक तथा विभिन्न लेख रचना, पुस्तकरस्मारिका प्रकाशन प्रशारण गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।

७. पत्रकारको पेशागत हकहीत, सेवासुविधा तथा सुरक्षाप्रति सधैं दत्तचित्त रहँदै साना लगानीका मिडियाको प्रवर्द्धन गर्दै पत्रकारिता क्षेत्रको सुदृढीकरणका लागि समेत प्रतिवद्ध रहनेछ।