एमालेका अध्यक्ष ओली र काँग्रेस नेता प्रकाशमान सिंहबीच भेटवार्ता

काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ।

उहाँहरुबीच आइतबार भक्तपुरको बालकोटस्थित अध्यक्ष ओली निवासमा भेटवार्ता भएको हो।

भेटपछिको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरिएको छ।

आफूलाई प्रधानमन्त्रीका रुपमा प्रस्तुत गर्नुभएका कांग्रेस नेता सिंह र एमाले अध्यक्ष ओलीको भेटवार्तालाई महत्वका साथ हेरिएको छ।