बाजुरा प्रदेश(क)मा एमालेका रेग्मीभन्दा एकीकृत समाजवादीका शाही दोब्बर मतले अगाडि

काठमाडौं । बाजुरा प्रदेशसभा निर्वाचन क्षेत्र (क)मा नेकपा (एकीकृत समाजवादी)का नेता नरेशकुमार शाहीले २ हजार ६सय ६४ मतसहित अग्रता कायम राखेका छन् ।

त्यस्तै नेकपा एमालेका बल्देब रेग्मीले ११ सय २७ मत प्राप्त गरेर पछ्याउँदै छन्। भने नेकपा माओवादी केन्द्रका कर्णबहादुर विकले २ सय ५३ मत पाएका छन्।                                         

त्यस्तै प्रदेश  (ख) मा एमाले लाल ब.थापा १३ सय ५२ मत पाएका छन्। भने नेपाली काँग्रेसका पदम ब.शाहीले १००२ पाएर पछ्याउँदै छन् ।अन्य दलका हिमाल ब.शाही-१ स्वतन्त्र जनक ब.रावल २ मत पाएका छन् ।