बाजुरा प्रदेश (ख)मा कांग्रेस र प्रदेश (क)एकीकृत समाजवादीको अग्रता कायमै

काठमाडौं ।बाजुरामा प्रदेश सभा सदस्यका लागि (क) मा एकीकृत समाजवादीका नरेशकुमार शाहीले अग्रता लिएका छन्। उनले ७ हजार ८ सय १२ मत पाएका छन् भने नेकपा एमालेका बलदेब रेग्मीले ७ हजार ३ सय ७९ मत ल्याएर पछ्याइरहेका छन्।

यहाँ नेकपा माओवादी केन्द्रका कर्णबहादुर विकले ९४१ मत प्राप्त गरेका छन्।

त्यसैगरी प्रदेश (ख) मा नेपाली कांग्रेसका पदमबहादुर शाहीले अग्रता लिएका छन् । उनले ९ हजार ८ सय ५८ मत पाउँदा एमालेका लालबहादुर थापाले ७ हजार ७ सय २६ मत पाएका छन्। कांग्रेसका पदमबहादुर शाहीले २ हजार १ सय ३२ मतान्तरले अग्रता लिएका छन्।