स्याङ्जा २ मा धनराज गुरूङको निरन्तर अग्रता,पछ्याउँदै अर्याल

काठमाडौं। स्याङजा २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरूङ निरन्तर अगाडि छन् भने उनलाई एमालेकी उम्‍मेदवार पद्मा अर्यालले पछ्याउँदै आएकी छन्।

प्रतिनिधिसभातर्फ कांग्रेस उम्मेदवार धनराज गुरुङ मतगणना शुरू भएदेखि निरन्तर अग्रता कायम छ । गुरुङ एमालेकी उम्मेदवार पद्माकुमारी अर्यालभन्दा २ हजार २६ मतले अगाडि छन् ।

पछिल्लो गणना अनुसार गुरुङले २३ हजार ६८१ मत पाउँदा अर्यालले २१ हजार ६५८ मत ल्याएकी छिन् ।

हालसम्म स्याङ्जाको गल्याङ नगरपालिकाका ११, भिरकोट नगरपालिकाका ५, वालिङ नगरपालिकाको १२ तथा कालीगण्डकी गाउँपालिकाका ७ गरी ३५ वडाको मगतणना सकिएको छ ।अब चापाकोट नगरपालिकाका १० वटा वडाको मात्र गणना बाँकी रहेको छ।

 त्यसैगरी स्याङ्जा क्षेत्र नं २ (२) मा काँग्रेसका उम्मेदवार महेश भट्टराईले अग्रता लिएका छन् । गणना सुरु भएदेखि नै पछाडि परेका भट्टराईले गल्याङ नगरपालिकाको गणना गरेपछि अग्रता लिएका हुन् ।

गल्याङ नगरपालिकाको ११ नं वडासम्मको गणना सकिँदा भट्टराई ९ मतान्तरसहित अगाडि छन् ।भट्टराईले ११ हजार ६७९ मत प्राप्त गर्दा एमाले उम्मेदवार बुद्धिमान श्रेष्ठले ११ हजार ६७० मत ल्याएका छन् ।