बाजुरामा काँग्रेसका बद्री पाण्डेले एमालेका कर्ण थापालाई फराकिलो मतान्तरले पछिपार्दै

काठमाडौं। बाजुरा प्रतिनिधि सभामा काँग्रेसका उम्मेदवारको बद्री पाण्डेको अग्रता कायमै रहेको छ।  अहिलेसम्म २४ हजार ८ सय २७ मतगणना हुँदा नेपाली काँग्रेसका बद्री प्रसाद पाण्डेले आफ्नो अग्रता कायमै राखेका छन् ।

जसमा काग्रेसका उम्मेदवार बद्रिप्रसाद पाण्डेको १४ हजार १ सय ५ मतले अगाडि रहेका छन् भने नेकपा एमालेका उम्मेदवार कर्ण बहादुर थापाको १२ हजार १ सय १४ मतले पछ्याईरहेका छन्।  एमालेका कर्णबहादुर थापा भन्दा  नेपाली काँग्रेसका  बद्री पाण्डे १ हजार ९ सय ९१ मतान्तरले अगाडि रहेका छन् ।                    
 बाजुरामा कूल खसेको ६० हजार १५२ मतमध्ये २६ हजार २ सय १९ मत गणना भइसकेको छ ।