रेशम चौधरी लगायतलाई छुटाउन सरकारले ल्याएको अध्यादेशप्रति महामन्त्री शर्माको आपत्ति

फाइल तस्वीर

काठमाडौँ। रेशम चौधरी लगायत राजनीतिक कारणबाट जेलजीवन काटिरहेकाहरूलाई छुटाउनका लागि सरकारले अध्यादेश जारी गर्ने निर्णयको सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आपत्ति जनाएका छन् ।

शर्माले सामाजिक सञ्जाल मार्फत आपत्ति जनाउदै अध्यादेशबारे दलभित्र तथा पार्टीहरूबीच छलफल नभएकोमा र सरकारको कदमप्रति असहमति जनाएका हुन् ।

शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सडकमा छँदा जे सत्य, संसदमापनि त्यही नै सत्य ! त्यसैले सार्वजनिक दर्ज होस् असहमति‘ ! संक्रमणकालझमा अध्यादेश ल्याउन दलहरूबिच र आफ्नै दलभित्र घनिभूत छलफलको हेक्का नराखिनु सम्पूर्ण रूपले गलत ! कानुनी र राजनैतिक प्रश्न मात्र होइन, यो प्रकरणमा नैतिक प्रश्न पनि जोडिएको छ ।