कांग्रेस संसदीय दलको नेता चयनका लागि भएको मतदान सम्पन्न

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि भएको मतदान सम्पन्न भएको छ ।

निर्धारित समयभन्दा केही समय ढिलो भएको मतदान केही बेर अघि सकिएको एक नेताले जानकारी दिनुभयो ।

कांग्रेस संसदीय दलको नेता छान्न ८९ जना सांसदले मतदान गरेको निर्वाचन समितिले जनाएको छ ।

अब केहीबेरमा मतगणना सुरू हुनेछ ।

संसदीय दलको नेताका लागि सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्धामा छन् ।