मुक्तिनाथ कृषि कम्पनीको ५५.५५ प्रतिशत हकप्रद शेयर खरीद गर्ने म्याद थप

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले ५५ दशमलव ५५ प्रतिशत हकप्रद शेयर खरीदका लागि आवेदन दिने अवधि थप गरेको छ । कम्पनीले पहिलो पटक मंसिर २५ गतेदेखि २९ गतेसम्म उक्त हकप्रद शेयर विक्रीको लागि सुचना जारी गरेको थियो ।

दोस्रो पटक पनि पुस १ गतेदेखि १५ गतेसम्मको अवधि थप गरेको कम्पनीले यो अवधिमा छुटेका शेयरधनीहरूलाई मध्येनजर गर्दै पुस २० गतेसम्म तेस्रो पटक अवधि थप गरेको हो।

कम्पनीको गत असोज २८ गते सम्पन्न चौथो वार्षिक साधारण सभाले हाल कायम चुक्तापूँजी रू। ३६ करोडको आधारमा ५५ दशमलव ५५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो ।

सोही निर्णय बमोजिम कम्पनीले साविकका शेयरधनीहरूको लागि १ बराबर शून्य दशमलव ५५ को अनुपातमा हकप्रद शेयर जारी गरेको हो।

यस कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गर्ने तयारी समेत गरेको छ । कम्पनीले ४ लाख कित्ता शेयर निष्कासनका लागि २०७८ साल फागुन २० गतेनै बोर्डमा निवेदन दिएको हो ।

बोर्डमा दिएको निवेदन स्वीकृति प्रकृयालाई हेर्दा कम्पनीको आईपीओ अझै स्वीकृतिको प्रारम्भिक चरणमै रहेको छ।

कम्पनीको अधिकृत पूँजी रू १ अर्ब र जारी पूँजी रू ४० करोड रहेको छ । कम्पनीले जारी पूँजीको १० प्रतिशत शेयर सर्वसाधारणमा विक्री गर्न लागेको हो।

वि.स २०७५ सालमा स्थापना भएको यस कम्पनीमा मुक्तिनाथ विकास बैंक लगायत नेपालका ८६३ जना भन्दा बढी ब्यवसायिक ब्यात्तिहरुको लगानी रहेको छ।

यस कम्पनीले कृषि पेशालाई प्रतिस्पर्धी र मर्यादित बनाई युवाहरुको आर्कषणको केन्द्र बनाउने लक्ष्य सहित समग्र कृषि अर्थतन्त्रमा टेवा पु¥याउने काम गर्दै आएको छ ।