कांग्रेस नेतालाई ओलीले भने– राष्ट्रपतिमा आश नगर्नू

फाइल तस्वीर

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई राष्ट्रपति दिन नसकिने स्पष्ट पारेका छन् ।मंगलबारको बालुवाटारको सर्वदलीय बैठकमा ओलीले कांग्रेस नेताहरूलाई राष्ट्रपतिको आश नगर्न भनेका हुन् ।

“विश्वासको मत दिने अनि प्रतिपक्षको हैसियत खोज्ने,ओलीको भनाइ थियो,राष्ट्रपतिमा आश पनि नगर्नू।

जवाफमा कांग्रेस नेता रमेश लेखकले राष्ट्रपतिमा बुझाएको हस्ताक्षरमा आफूहरु नरहेको हुँदा प्रमुख प्रतिपक्षको हैसियतमा आफूहरु रहेको बताएका थिए ।

बालुवाटारमा ओली-लेखक चर्काचर्की, अमरेशको चेतावनीमा प्रधानमन्त्रीको गुनासो

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा सरकारलाई विश्वासको मत दिने दलहरूको सर्वदलीय बैठक बोलाएका थिए ।

उक्त बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ‌ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकबीच चर्काचर्की भएको छ ।

ओलीले सत्ता गठबन्धनमा रहेका दलहरूबीच सहमति भइसकेको विषयमा कांग्रेसले खेल्न खोजेको टिप्पणी गरेका थिए । उनले कांग्रेस प्रतिपक्षी दल पनि बन्न नसकेको टिप्पणी गरेका थिए ।

‘तलदेखी माथिसम्म कसरी जाने भन्ने हाम्रो सहमति भइसकेको छ । सबैतिर विश्वासको मत दिइरहनुभएको छ,’ ओलीले सर्वदलीय बैठकमा भनेका थिए, ‘सत्ताको लागि नखेल्नुस् । तपाईंहरू प्रतिपक्ष पनि बन्न सक्नुभएन ।

ओलीले बैठकमा यस्तो टिप्पणी गरेपछि कांग्रेस नेता लेखकले त्यसको जवाफ फर्काएका थिए। प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपतिलाई बुझाएको पत्रमा आफूहरूको हस्ताक्षर नभएको आफूहरूले सत्ताका लागि नखेलेको उनको भनाइ थियो।

लेखकले ओलीलाई संविधान बचाउनका लागि प्रचण्डलाई विश्वासको मत दिएको जवाफ फर्काएका थिए ।