चितवनमा देजमो नेपालको दोस्रो जिल्ला भेला सम्पन्न

प्रेम कडेल-

चितवन। देशभक्त जनगणतन्त्रिक मोर्चा नेपालको चितवन जिल्लाको दोस्रो जिल्ला भेला सम्पन्न भएको छ।

देजमो नेपालका चितवन जिल्लाको अध्यक्ष बाबुराम प्यासीको सभापतित्वमा नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य घननाथ सापकोटा (विकास)को प्रमुख अतिथि रहेका छन्।

उक्त भेलामा अखिल नेपाल किसान संघ (क्रान्तिकारी)को जिल्ला अध्यक्ष प्रकाशबाबु खनाल, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को जिल्ला अध्यक्ष शान्ति वि. क. , अखिल क्रान्तिकारी विद्यार्थी संगठनका जिल्ला अध्यक्ष विकास रसाइलीले शुभकामना मन्तव्य व्यक्त गरे।

उक्त भेलामा स्वागत मन्तव्य देशभक्त जनगणतन्त्रिक मोर्चा नेपालको जिल्ला सचिव रामचन्द्र वि. क. ले गरे।

उक्त भेलाले बाबुराम प्यासीको अध्यक्षतामा एक्काइस सदस्य रहेको जिल्ला समिति निर्वाचित गरेको छ।

उक्त समितिलाइ नेकपा क्रान्तिकारी माओवादीका भरतपुर महानगर इन्चार्ज सुरेश गौतमले बधाई तथा शुभकामना दिए।