सशस्त्र युद्धमात्र राजनीतिक उपलब्धी होइन :ज्ञानेन्द्र शाही

काठमाडौं । सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही)ले सशस्त्र युद्ध र सडक आन्दोलनबाट मात्र राजनीतिमा स्थापित भइन्छ भन्ने मान्यता तोडिदै गएको बताएका छन्।

शनिबार प्रतिनिधिसभामा उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरलाई समर्थन गर्दै उनले समाजसेवा र नागरिकको सेवाबाट पनि राजनीतिमा स्थातिप हुन सकिने बताए ।

उनले भने, ‘राजनीतिक उपलब्धी भनेको सिर्फ सशस्त्र युद्ध वा सडक आन्दोलनबाट स्थापित हुन्छ भन्ने मान्यतालाई तोड्नु र समाजसेवा र नागरिकको सेवाबाट पनि राजनीति स्थापित हुन्छ भन्ने स्थापित गर्नु भनेको कुनै व्यक्ति र दलको समर्थन गर्नु होइन।

सांसद शाहीले भ्रष्ट्राचारको फइल अख्तियारको दराजमा धुलो लागेर थन्किएको तर कारबाही नभएको बताए।

विदेशमा भ्रष्ट्राचार आरोपमा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, बहालवाला प्रधानमन्त्री र उच्च ओहोदाका व्यक्ति जेल गएको र कारबाही भएको भन्दै सांसद शाहीले नेपालमा पनि त्यस्तै हुनुपर्ने बताए।