राजस्व विभागले देशैभरी छापा: स्टिकर विनाको मदिरा बरामद

काठमाडौं । आन्तरिक राजस्व विभागले देशका विभिन्न स्थानका रेस्टुरेन्ट तथा मदिरा पसलमा छापा मारेको छ । विभाग अन्तरगतका कार्यालयहरुले बजार अनुगमनका क्रममा भैरहवा, पोखरा, डडेधुरा,काठमाडौं र विरगञ्जबाट अवैध मदिरा बरामद गरेको जनाएका छन् ।

गत पुष १९ गते ललितपुरको आन्तरिक राजस्व विभाग कार्यालयले विभिन्न मदिरा पसलमा छापा मार्दा ११ बोतल स्टिकर नभएको मदिरा फेला परेको विभागले जनाएको छ ।

डडेलधुरामा पुष १९ गते नै स्याउले नाकामा मालबाहाक गाडी चेकजाँच गर्दा १८ बोरा चिनी, ८ पेटी गुड्खा बरामद गरेको थियो । त्यस्तै, पोखरामा अनुमति नलिइकन विदेशी मदिरा विक्रि गर्दै गरेको पसलबाट ११ बोतल मदिरा बरामद गरेको छ ।

त्यस्तै सोहि कार्यालयबाट भारतीय मदिरा ९९ बोटत समेत बरामद भएको विभागले जनाएको छ । सोहि कार्यालयबाट स्टिकर नभएको रोयल स्ट्याग ११ बोतल बरामद गरेको छ ।

काठमाडौंको ठमेलको एक चिनियाँ रेष्टुरेन्ट(हिउहाङसाङ)बाट ५०० एमएलको २६ बोतल मदिरा बरामद गरेको विभागले जनाएको छ ।

त्यस्तै,भैरहवाको परासी कार्यालयबाट पुषमा नै गोल्डेन भिभा प्रिमियम मिल्टेड ब्राण्ड माल्टको १८० एमएलको ३९ बोतल अवैध मदिरा मरामद गरेको छ ।

विरगञ्ज ९१ थान नक्कली स्टिकर बरामद गरेको विभागले जनाएको छ । विभागले देशैभरीका कार्यालयहरुबाट बरामद गरेका अवैध मदिरा र स्टिकरहरुका अदालतमा मुद्दा हाल्ने तयारी गरेको विभागले जनाएको छ ।