गृहमन्त्री लामिछाने र मेयर शाहबीच छलफल

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भेटवार्ता भएको छ।

बिहीबार भएको भेटमा महानगरभित्रको सुकुम्बासी समस्या समाधान कसरी गर्ने भन्ने विषयमा छलफल भएको थियो ।

छलफलका क्रममा गृहमन्त्री लामिछानेले आफू महानगरको सुकुम्बासी समस्या समाधानका लागि सकारात्मक रहेको बताएका थिए ।

केही समयअघि काठमाडौं महानगरले गृह मन्त्रालयलाई पत्राचार गर्दै सुकुम्बासी समस्या समाधान गर्नका लागि सहयोग गर्न आग्रह गरेको थियो।

 जवाफमा मन्त्रालयले प्रक्रिया पुर्‍याएरमात्रै सुकुम्बासी समस्या समाधान गर्ने जनाएको थियो ।