शहिदका सपनालाई विपनामा रूपान्तरण गरौं : सभापति देउवा

फाइल तस्वीर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश र लोकतन्त्रको हितको रक्षाका निमित्त सानातिना मतभेदलाई बिर्सेर शहिदको सपनालाई विपनामा रूपान्तरण गर्नुपर्ने बताउनुभएको छ।

सोमबार शहिद दिवसका अवसरमा एक सन्देश जारी गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले समान हक, अवसर र न्याय तथा सुदृढ र सबल लोकतन्त्रबाट मात्रै नेपाल एक सुन्दर, शान्त र समुन्नत राष्ट्रमा परिणत हुनेछ भन्ने परिकल्पना र विश्वासमा देशभक्त वीर सपूतहरूले आफूलाई सहर्ष उत्सर्ग गरेको उल्लेख गर्नुभएको हो ।

नेपाललाई एक सुन्दर, शान्त र समुन्नत राष्ट्रमा परिणत गर्नका लागि जिम्मेवार सबै पक्षलाई शहिद दिवसले प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास समेत लिएको उहाँले बताउनुभएको छ ।