माधवको राजनैतिक प्रतिवेदन: एमालेबाट विद्रोह गर्नु जायज,कांग्रेसमा घमण्ड बढ्दा,प्रचण्डले खिचडी सरकार बनाए

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गत निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको कांग्रेसमा शक्तिको घमण्ड बढ्दा मुलुकमा अहिले परिस्थिति आएको औँल्याएका छन् ।

आजबाट सुरु भएको पार्टीको केन्द्रीय कमिटीको पाँचौँ बैठकमा आफ्नो राजनीति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष नेपालले माओवादी केन्द्रले तत्कालीन कांग्रेससहितको सत्ता गठबन्धन अप्रत्यासित रूपमा त्यागेर गएपछि अहिलेको खिचडी सरकार बनेको बताएका हुन् ।

माओवादी अध्यक्ष प्रचण्डको सत्तामोहका कारण चुनावको बेलाको गठबन्धन भत्केर नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, जसपा, रास्वपा, नाउपा र जनमत पार्टीको नयाँ गठबन्धन बनाएर सत्ता चलाइरहेको उनले बताए ।

यो गठबन्धन सरकार खिचडी प्रकृतिको छ,’ उनले भनेका छन्, ‘यसमा संविधानको पालना नगर्ने एमाले, गणतन्त्रको पक्षधर माओवादी केन्द्र र गणतन्त्रको विरोधी एवं हिन्दू राज्य र राजतन्त्र पुनःस्थापना गर्न चाहने राप्रपा, सङ्घीयताको पक्षधर जसपा र सङ्घीयता विरोधी राप्रपा एवं रास्वपा, जातीय पहिचानवादी नाउपा र पृथकतावादी पृष्ठभूमिको जनमत पार्टी एकै ठाउँमा रहेका छन्।

यो गठबन्धन प्रगतिशील चरित्रकोछैन । यसको वैचारिक धरातल र राजनीतिक गन्तव्य केही पनि स्पष्ट छैन । त्यसैले यो विचारहिन र अराजनीतिक चरित्रको छ । यसलाई वाम–दक्षिणपन्थी खिचडी गठबन्धन भन्नु उपयुक्त हुन्छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा माओवादीका अध्यक्ष प्रचण्डलाई पहिलो चरणमा प्रधानमन्त्री बनाउन तयार नभएपछि प्रचण्ड अप्रत्यासित रूपमा एमालेसहितका दलहरूसँग गठबन्धन गरी प्रधानमन्त्री बन्न गएकाले अप्रत्यासित रूपमा नपाँ परिस्थिति उत्पन्न भएको उक्त प्रतिवेदनमा खुलाएका छन् ।

यसरी नयाँ गठबन्धन बन्नुका ४ मुख्य कारण उनले खुट्याएका छन् । जसमा– १० निर्वाचनबाट ठूलो दल बनेपछि नेपाली काँग्रेसमा शक्तिको घमण्ड बढ्नु ।

२० नेपाली काँग्रेससँग सही सूचना नहुनु र उसले गलत सूचनामा विश्वास गर्नु । ३० केपी ओलीले उपर्युक्त वाम–लोकतान्त्रिक गठबन्धनलाई जसरी पनि तोडिछाड्ने उद्देश्य राखेर चालबाजीपूर्ण कदम चाल्नु ।

४० माओवादी केन्द्रको सत्ताकेन्द्रीत सोंच र आफुलाई लाभ हुने भएपछि विचार, नीति, सिद्धान्त, दृष्टिकोण र सहयात्री साथीहरू सबै त्यागेर हिड्ने प्रवृत्ति रहेका छन् ।

यसका सथै अध्यक्ष नेपालले अहिले अन्तर्राष्ट्रिय परिस्थिति तनावपूर्ण अवस्थाबाट गुज्रिरहेको र साम्राज्यवाद, प्रभुत्ववाद र एकाधिकार एवं वित्तीय पूँजीवाद सङ्कटग्रस्त अबस्थाबाट उम्किन खोजिरहेको आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन् ।