अहिलेको सत्ता गठबन्धन नरहने निश्चित: ओली भने हेर्दै जाऔँ

फाइल तस्वीर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्र सरकार जोगिने नजोगिनेबारे हेर्दै जानुपर्ने बताएका छन्।

शुक्रबार संसद् भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीले प्रदेश सरकार जोगाउन नसकेको अवस्थामा केन्द्र सरकार के हुन्छ ?

भनेर गरेको प्रश्नमा अध्यक्ष ओलीले भने,‘हेर्दै जाऔँ ।

बिहीबार मात्रै एमालेका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले सुदूरपश्चिममा विश्वासको मत नपाएपछि कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनेको छ ।

राष्ट्रपतिका बारेमा एमालेले जसलाई अघि सार्छ उही राष्ट्रपति बन्ने पनि ओलीको भनाइ छ ।