पेट्रोलियम पदार्थको मूल्य घट्यो,ग्यासको मूल्य बढ्याे, यस्तो छ मूल्यसूची

काठमाडौं। इण्डियन आयल कर्पोरेशन (आईओसी)ले एलपीजी बाहेक सबै पेट्रोलियम पदार्थको मूल्य घटाएर नयाँ मूल्यसूची पठाएको छ।

आईओसीले नेपाल आयल निगमलाई प्रत्येक १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउने गर्छ । यही व्यवस्थाअन्तर्गत आज १ तारिखमा नयाँ मूल्यसूची आएको हो।

नयाँ मूल्यसूचीअनुसार खाना पकाउने एलपीजी ग्यासको मूल्य ३३९ रुपैयाँ प्रतिलिसिन्डर बढेर आएको छ।

यससँगै, एलपीजी ग्यासको खरिद लागत प्रतिसिलिन्डर २४३५ रुपैयाँ पुगेको छ । जबकि, निगमले प्रतिसिलिन्डर १८ सय रुपैयाँमा एलपीजी ग्यास बिक्री गर्दै आइरहेको छ।