एमाले अध्यक्ष ओली र वामदेव गौतमबीच भेटवार्ता,भयो यस्तो सहमति

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ।

आज दिउँसो ओली भैँसेपाटीस्थित गौतमनिवास पुगेका हुन्। उनीहरूबीच करिब एक घण्टा छलफल भएको गौतमको सचिवालयले जनाएको छ।

त्यसक्रममा ओलीले राष्ट्रपतिका उमेदवार सुवास नेम्वाङलाई भोट हाल्न गौतमलाई आग्रह गरेको बताइएको छ।