मछिन्द्र फुटबल क्लबले जित्यो केपी ओली कपको उपाधि

काठमाडौं । केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ ।

दशरथ रंगशालामा बुधबार भएको फाइनलमा सातदोबाटो युथ क्लबलाई पेनाल्टी सुटआउटमा ५-३ गोल अन्तरले हराउँदै मछिन्द्र च्याम्पियन बनेको हो ।

उपाधिसँगै मछिन्द्रले १० लाख नगद प्राप्त गरेको छ ।उपविजेता सातदोबाटोले ५ लाख नगद प्राप्त गरेको छ ।