रवि,राजेन्द्र र सिकेको सत्तामोहले जनता निराशा,विकल्प माथि विल्कप खोज्नु पर्ने अवस्थाको सृजना?

काठमाडौं। सत्तासमीकरण फेरबदल र राष्ट्रपति निर्वाचनको रस्साकस्सीमा नदेखिएका नयाँदल सरकार समीकरण र विस्तारमा भने छलफल चलाइरहेका छन्।

जहाँ हैसियत अनुसार देउवा समीकरणमा आफ्नो मुद्धासहित हिस्सा खोजिरहेका छन्। मंसिर ४ गते सम्पन्न आमनिर्वाचनबाट अनपेक्षित रुपमा नयाँ वैकल्पिकशक्तिहरु उदाएका थिए।

ठूला भनिएका राजनीतिकदल र तिनका प्रभावशाली नेतालाई पाखालगाउँदै उदाएका नयाँशक्तिलाई नागरिकले पहिलो प्रयासमा नै पत्याए।

जसका कारण सदनले ३४ जना नयाँ अनुहार पायो। तर, नयाँशक्ति पनि सत्तामोहमा नै लिप्तभएको उनीहरुले चालेका कदमले पुष्टि गरेको छ।

वैकल्पिक शक्तिहरुले न त आफ्नो एजेण्डासँग मिल्ने कामगर्न सकेका छन् न नै राष्ट्रिय राजनीतिमाकुनै भूमिका खेल्न सकेका छन्। उनीहरु जता सत्ता, उतै नयाँशक्तिको धारमा हिडेका छन् ।

४२ दिन सरकारमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो आमनिर्वाचनबाट नै सदनको चौथो ठूलो शक्तिहुन सफल रह्यो । तर, रास्वपामा सत्तामोह भने उही पुरानै पार्टीकोमाझै देखियो ।

रास्वपा सभापतिको नागरिकता विवाद उत्कर्षमा हुँदै गर्दा सत्तामा ओली बलिया थिए र, उनी ओली पक्षमा देखिए । अहिले प्रचण्ड बलिया छन् अनि उनको राहदानी विवाद अदालतमा नै छ। रास्वपा सरकारबाट त बाहिरिसक्यो।

तर, प्रचण्ड सरकारको साथभने छोडेका छैनन् भने, यद्यपि, पार्टीभित्रअहिले पनिजनताको चाहान पुरा गर्न सरकारमा सहभागीहुनु जोड कै बीच। राष्ट्रपति निर्वाचनमा भने एकमत बनाउने कोशिस जारी छ।

त्यस्तै, मधेशमा बलियो पकड जमाएर बसेका जसपा र लोसपाको साम्राज्यलाई तोड्दै उदाएको जनमत पार्टीको अवस्थापनि फरक छैन। सात र आठ दुइटै सत्ता गठबन्धनमा रहेको जनमत शक्तिमा छ उतै आफ्नो उपस्थिति देखाइरहेको छ।

सभामुख एमालेले जित्ने निश्चितहुँदा एमालेलाई भोट दिएको जनमतले अहिले राष्ट्रपतिमा रामचन्द्रको जित सुनिश्चितहुँदै गर्दा यतै भोट दिने पक्का भएको छ।

ओलीको बुई चढेर दुई महिना सत्ताको सेरोफेरोमा रही सरकारमा गएका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले चार बुँदे पाठ सिकेर कोर्स करेक्सनको बाटोमा छन्।

एक सीटबाट १४ सीटमा पुगेको राप्रपाले सत्ता समीकरण फेरबदलसँगै अब बल्ल भने जनताको म्याण्डेट बुझेको छ।

हिजो टीकापुर घटनाको नाईके रेशमचौधरीलाई ओली समीकरणले जेलमुक्त गर्दिने आशमा सातदलीय गठबन्धनमा लागेको नागरिक उनमुक्ति पार्टी अहिले देउवाले मुक्तगरिदिने आशमा कांग्रेसको फेरो समाउँदै हिडेको छ।

प्रदेश सांसद् अरुण चौधरीलाई थुनामुक्त गराइसकेको पार्टी अब सुदूर पश्चिम सरकारलाई पनि विश्वासको मतदिने र आफ्नो पार्टीका नेतालाई पनि छुटाउन लागिपरेका छन्। यसरी हेर्दा वैकल्पिकहरु पनि जताशक्तिउतै लागेका छन्।

नयाँदलहरु सरकारमा जसको पकड बलियो छ उसकै फेरो समाइरहेका छन् । नयाँ आश गरिएका दलबाट पनि सत्तामोह पुराना दलको भन्दा कम देखिएन ।

आशाको केन्द्र बनेका उनीहरु पनि सत्ताको पछि लाग्दा जनतामा पुनःनिराशा फैलने डर बढेको छ। जसले गर्दा विकल्पको पनि विल्कप खोज्नु पर्ने अवस्था नआउँला भन्न सकिने अवस्था छैन।