नेविसंघका दुई समूहबीच त्रिविमा कुटाकुट,केही गम्भीर घाइते

काठमाडौँ । नेपाली काँग्रेसकाे भातृसंगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का दुई समूहबीच त्रिभुवन विश्वविद्यालयमा झडप भएको छ।

चैत ५ मा हुने स्ववियु निर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा बसेको बैठक संस्थापन र इतरपक्षबीच झपड भएको हो।

झपडमा परी नेविसंघका निवर्तमान केन्द्रीय कोषाध्यक्ष शिव रिमाल गम्भीर घाइते भएका छन्।

उम्मेदवार छनौट गर्ने विषयमा अध्यक्ष दुजाङ शेर्पाले गुण्डा पठाएर आफुहरूमाथि आक्रमण गरेको उनीहरूको भनाई छ।

इतरपक्षका नेताहरूले अध्यक्ष भएर त्यस्तो कार्य गर्नु खेदजनक भएको उनीहरूको भनाई छ।त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका विभिन्न समूह सक्रिय थिए।

त्यसपछि नेविसंघ केन्द्रीय कार्यालयले नेविसंघको कुनै पनि आधिकारिक समूह नरहेको भन्दै विज्ञप्ति जारी गरेका थिए।

प्रतिनिधिमार्फत नेविसंघका गतिविधिहरू सञ्चालन हुने बताएका थिए।सोही आधारमा त्रिविमा नेविसंघले केन्द्रीय प्रतिनिधि खटाएर आफ्ना गतिविधि गर्दै आएको थियो।